
कैलाली / कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीलाई माेटरसाइकलले ठक्कर दिएकाे छ ।
बिहीबार माेटरसाइकलले ठक्कर दिदा सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी र मोटरसाइकल चालक घाइते भएकाे कैलाली प्रहरी कार्यालयले जनाएकाे छ ।
साँझपख धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको हो। मोटरसाइकल चालक धनगढी उप-महानगरपालिका – ४ का २६ वर्षीय सुसान्त बिष्ट रहेका छन्।
मोटरसाइकलको ठक्करबाट ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक बिष्टकाे पनि साेहि अस्पतालकै आइसियूमा उपचार भइरहेको छ ।