
कैलाली / कैलालीको गोदावरीबाट चरेससहित एक जना पक्राउ परेका छन् ।
बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका -२ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई बिहीवार राति पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । उनलाई ३ किलो ५ सय ग्राम चरेस सहित कैलालीको गोदावरी नगरपालिका -४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ।
उनले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच क्रममा चरेश फेला पारेकाे छ ।
धामी र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।