बझाङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बझाङ आउने भएका छन् ।
असाेज १६ गते दिउसाे गएकाे भुकम्पले बझाङ जिल्लामा मानवीय तथा भाैतिक क्षति पुर्याएकाे छ । उक्त भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री चार दिनपछि आइ पुग्दै छन् ।
प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान १० बजेपछि आउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले भुकम्प प्रभावित क्षेत्रमा अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई निर्देशन दिने भएका छन् ।
उहाँले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सबन्धित निकायहरूलाइ निर्देशन दिएका थिए ।
गएराति पनि दुई पटक भुकम्प गएकाे छ । १० बजेर ५२ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर ४.३ र १२ बजेर २३ मिनेटमा साेहि ठाउँमा केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र लैनचौरले जनाएकाे छ ।