बझाङ/ बझाङमा गए राति फेरि दुईपटक भुकम्प भएकाे छ ।
जिल्ला सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हाे ।
गए राति १० बजेर ५२ मिनेटमा ४.३ म्याग्निच्युड र फेरि राति १२ बजेर १३ मिनेटमा बजे ३.९ नौ म्याग्निच्युडकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ ।
असाेज १६ गते तथा गत मङ्गलबार अपराह्न ३ बजेर ६ मिनेटमा बझाङमा ६. ३ म्याग्निच्युडकाे भुकम्प जाँदा मानविय तथा भाैतिक क्षति भएकाे थियाे । उक्त भुकम्पका कारण स्थानीयहरू त्रसित बनेका छन् ।