
कञ्चनपुर / घटना सुदुरपश्चिम प्रदेशको कञ्चनपुरको हो ।
जिल्लाको बेल्डाँडी गाउँपालिकामा ५ दिनदेखि सम्पर्क विहिन बनेकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै पिडित पक्षले प्रहरीमा उजुरीमा उजुरी पुराएका छन् । स्थानिय पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
उक्त घटनाका बारेमा प्रहरी समक्ष उजुरी आएको र सो बारेमा थप अनुसन्धन भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले सम्म कुनै पनि पक्षको परिचय नखुलाईएको भए पनि उक्त घटनाका बारेमा उजुरी दर्ता गर्ने प्रक्रिया शुरु भएको बताईएको छ ।