काठमाडौं / अहिले देशका अधिकांश स्थानको मौसममासुधार देखिए पनि आज दिउँसो केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानी पख सामान्य वर्षा भइरहेको छ। यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति पनि काेशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेकाे महाशाले जनाएकाे छ ।