
बैतडी / बैतडीमा स्क्रब टाइफस संक्रमणका कारण एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे दाेगडाकेदार गाउँपालिका- ६ गाैकुराका ६८ वर्षीय वृद्ध शाेभान सिंह भण्डारी रहेकाे जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
बुधबार उच्च ज्वराे आएर कारण जिल्ला अस्पताल आएका बृद्धकाे स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसकाे संक्रमण पुष्टि भएकाे थियाे । ती बृद्धकाे रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीकाे समस्या पनि देखा परेकाे अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।
बैतडी अस्पतालमा उनकाे उपचार सम्भव नभएपछि थप उपचारको लाग धनगढी रेफर गरिएकाे र बिरामीकाे बाटाेमै मृत्यु भएकाे हाे ।
याे राेग माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ।