
दार्चुला / दार्चुलामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएकाे छ ।
जिल्लाको दुहु गाउँपालिका–२ तर्फ गइरहेको से.१ ख १२५२ नम्बरको ट्रक दुर्घटनामा परि दुहु गाउँपालिका–३ ब्रहमदेबका अन्दाजी ४० / ४५ वर्षका करन सिंह बोहराको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
उक्त ट्रक कैलालीको धनगढीबाट खाद्यान्न बोकेर गएको थियाे । ट्रक सडकबाट करिब दुई सय ५० मिटर तल राताकाठा भिरमा खसेको छ ।
ट्रक दुर्घटना हुँदा सवारी चालक भने अहिले फरार रहेकाले उनको खोजी भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाकाे प्रहरी खटेकाे छ । घटनाबारे थप विवरण अनुसन्धान भैरहेकाे प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।