
सिलगढी/ करदाता सेवा कार्यालय,डोटीले बजार अनुगमन गरिएकाे छ ।
बुधबार आदर्श गाउँपालिका र सायल गाउँपालिकाको मेल्लेक लगायतका ठाउँहरूमा बजार अनुगमन गरेको करदाता सेवा कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
बजार अनुगमनको क्रममा भेटिएको अबैध सुर्तीजन्य पदार्थहरु बरामद गरेको छ। मदिरा तथा सुर्तीजन्य पदार्थ अन्तशुल्क लाग्ने वस्तु भएकाले इजाजत बिना बिक्रीवितरण नगर्न आग्रह गरिएकाे छ ।
साथै आन्तरिक राजस्व बिभागको स्टिकर बिनाको सुर्तीजन्य पदार्थ कारोबार नगर्नु पनि व्यापारीहरूलाई सुझाव दिइएको छ ।
बजार अनुगमन जति गरेपनि व्यापारीहरूले लुकिछिपि म्याद नाघेका खाद्यसामाग्री बिक्रीवितरण गर्दा उपभोक्ताकाे स्वास्थ मारमा परेकाे स्थानीयहरूकाे भनाइ छ ।