बझाङ/ बझाङमा भिरबाट लडेर एक पुरुषकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे जयपृथ्वी नगरपालिका – ३ पडेस बस्ने अन्दाजी ५० बर्षका रामचन्द्र राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । उनी साेहि ठाउँको पाल्तिभिरमा लडेका हुन् ।
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुर बजारबाट घर फर्किरहेकाे बखतमा पाल्तिभिरमाथि राेकाय बसिरहेका थिए । बस्दै गरेकाे स्थानीयले देखेअनुसार उनले हाम फालेको हो या लडेका हुन भन्ने कुराकाे एकिन नभएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
राेकायाकाे शव मृत अबस्थामा सेती नदिकाे आसपास फेला परेको छ । शव पोस्टमाटमका लागि जिल्ला अस्पताल बझाङ लगिएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।