
माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे पुर्वीचौकी गाउँपालिका अनुदान करार शिक्षकले पालिकालाई ६ बुदे माग राखेका छन् । मंगलबार अनुदान करार शिक्षकहरूले निर्णय गरेर आफ्ना विभिन्न मागहरू गाउँपालिकालाई पेस गर्न आग्रह गरेकाे छ ।
पालिका स्तरका सम्पूर्ण अनुदान करार शिक्षकले प्रा.वि. नि.मा.वि. र मा. वि. तह नेपाल सरकारले तोके बमोजिम तलब मान कायम गरियोस भनेर माग राखेका छन् ।
६ बुदे मागमा उल्लेख गरिएकाे छ ” गा.पा शिक्षकको दरबन्दी कायम , पोशाकको व्यवस्था, हालसम्मका कार्यरत शिक्षकको अभिलेखीकरण, बिरामी विदाको व्यवस्था, महंगी भत्ताको व्यवस्था आदि माग गरिएकाे छ ।
यदि उल्लेखित मागहरु असाेज १८ गते भित्र सम्बोधन नगरिएको अवस्थामा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने ज्ञापन पत्रका साथ जानकारी गराइएको छ ।
माग सम्बाेधन नभएकाे खण्डमा असाेज १९ गतेदेखि २१ गतेसम्म पालिकामा धर्ना कार्यक्रम, असोज २२ गतेका दिन कालोपट्टी बाधिनेछ,असोज २३ गतेदेखि निरन्तररूपमा गाउँपालिका भित्रका सम्पुर्ण बिद्यालयहरु बन्द गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।