
डोटी / कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि तयार पारीएको विधेयक संघीय मन्त्रीपरिषद्को मंगलवारको बैठकले स्वीकृत गरेछ ।
मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरे संगै उक्त विधेयक लाई संघीय संसदमा पेस गर्ने बाटो खुल्ला भएको छ ।
संघीय मन्त्रीपरिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका छ ।
संसदबाट विधेयक पारिभएसंगै गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको कानून बन्ने छ । कानुन बनेपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा आउने छ ।
भौतिक निर्माणको कार्य सम्पन्न भएपश्चात पनि पटक पटक अन्यौलमा पर्दै आएको गेटाको मुद्दामा प्रधानमन्त्री प्रचण्डले समेत चासो दिदै आएका थिए । उक्त क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने कि विश्वविद्यालय संचालन गर्ने भन्ने विषयमा विवाद समेत सृजना हुदै आएको थियो । अब संघिय संसदले कानूुन निर्माण गरे संगै उक्त क्षेत्रमा स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनेछ ।