
ऐजेन्सी / भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् ।
गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले यो घटनाको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।
हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक तालमा एकाएक फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ ।