
काठमाण्डौ / झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको बैठकले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
नेकपामा चलेको विवादका कारण केहि समय पहिले पार्टी नै फुट्ने आकलन गरिएको भए पनि अहिले आन्तरिक विवादहरु मिलाउने विषयमा मात्र चर्चा हुने गरेको छ । आगामी शुक्रबार बस्ने बैठकले सरकारसंचलानका विविध विषयमा छलफल हुने श्रोतको दावी छ ।