कैलाली / कैलालीको धनगढीमा हतियारको काराेबार गर्दै आएका एक जना पक्राउ परेका छन् ।
मंगलबार जिल्लाकाे धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट एकजना कारोबारी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
प्रहरीले विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ जनाएकाे छ ।
उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको छ । प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेकाे छ ।