
बाँके / नेपालगन्ज हिजाे मंगलवार जारि गरिएकाे कर्फ्यु आदेशले आज पनि निरन्तरता पाएकाे छ । बुधवार बिहान देखि अबस्था सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको स्थानिय प्रशासनले जनाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्जमा कर्फ्युका बीच पनि दुई पक्षबीच झडप हुँदा हिजाे ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका थिए ।
बाँकेमा प्रमुख प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको संचार माध्यमलाई बताएका छन् । उनले सम्बन्धित पक्षहरू सँग छलफल भईरहेकाे बताएका छन् ।