
सिलगढी / बझाङ संगै सुदुरपश्चिमका केही पहाडि जिल्लाहरुमा अहिले पनि झट्का गई रहेकाे छ ।
बझाङलाई केन्द्र विन्दु बनाई हिजाे मंगलबार दिउँसोको गए भुकम्प पछिकाे परकम्पको क्रम अहिले पनि रोकिएको छैन।
आज बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको मापन केन्द्रले जनाएको छ।
पटक पटक झट्का गए संगै यहाँका स्थानियहरुमा त्रास फैलिएकाे छ । हिजाे देखि नै खुला आकाश र त्रिपालमा दिनरात विताउन यहाँका स्थानियहरु बाध्य भएका छन् ।