माेहन ठकुल्ला
डाेटी,
डाेटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ कार्यक्रम गरेकाे छ ।
मंगलबार दिपायल सिलगढी नगरपालिका- ७ अबस्थित भुवन डाँडामा सम्पूर्ण विद्यार्थीकाे सहभागीतामा सरसफाइ गरेकाे हाे ।
शिक्षाशास्त्र संकायमा अध्ययनरत डम्बर गड्सिला र गगन खातिकाे जन्म दिनकाे अबसर पारेर उक्त क्षेत्रमा भएकाे फाेहाेर संकलन गरेर जलाएकाे छ ।
वातावरण संरक्षणप्रति विश्वासको ध्यानाकर्षण भैरहेको बेला साे कार्यलाई सफल बनाउनका लागि विद्यार्थीहरू एकजुट भएर वातावरण सरसफाइ गर्न तर्फ लागेकाे विद्यार्थीहरूले बताएका छन् । फाेहाेर वातावरणलाई फाेहाेर रहित बनाउने मूल उद्देश्य राखेर केही समय वातावरण सरसफाइमा खर्चेकाे विद्यार्थीहरूका भनाइ छ ।
हरियाे बन नेपालकाे धन भन्ने भनाइलाई मनन गर्दै उक्त क्षेत्र जन्मदिनकाे अबसर पारेर सरसफाइ कार्यक्रम गरेकाे स्नातक तह चाैथाे वर्षमा अध्ययनरत दिपेन्द्र कुमार कठायतले बताए ।
जिल्ला सदरमुकाम नजिक रहेकाे कारणले उक्त क्षेत्रमा आन्तरिक पर्यटकहरूकाे दिनकै घुइँचो लाग्ने गर्दछ । प्रायः शुक्रबार र शनिबार लगायत सबै दिनहरूमा रमझम गर्नेहरू पुगेकै हुन्छन् । तर त्यस क्षेत्रमा रमाउने व्यक्तिहरूले हराभरा वातावरणमा फाेहाेर गरेकाे पाएकाे पाइन्छ ।
प्रायः साेक्षेत्रमा विद्यार्थी लगायतका व्यक्तिहरू जन्मदिन मनाउने रमाउने गर्दछन् । अग्लाे डाँडामा अबस्थित क्षेत्रमा सिसा जताततै फालेका कारण वातावरणमा असर पुग्न गएकाे छ ।
उसाेत पहिलेपहिले रमणीय वातावरण भएका कारण सुदुरपश्चिमकाे माैलिक साँस्कृति कतिपय डेउडा गीतहरू छायांकन गर्ने क्षेत्र बनेकाे थियाे । तर पछिल्लो समय यता साे क्षेत्र संरक्षणकाे अभावमा पर्खिरहेकाे छ ।
जिल्ला सदरमुकाम क्षेत्रबाट उचाइमा अबस्थित उक्त क्षेत्र काेणधारी जंगल जस्तै रमणीय देखिन्छ ।