
माेहन ठकुल्ला
डाेटी,
वि.सं.२०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । घटस्थापनाकाे शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएकाे छ ।
असाेज २९ गते साेमबार झण्डा फेर्ने साइत बिहान १० बजेर १९ मिनेटमा रहेकाे छ भने कार्तिक २ गते श्री पचलीभैरव यात्रा रहेकाे छ । कार्तिक ४ गते सनिवार फूलपाति, श्री तुलजाभवानी यात्राकाे साइत बिहान ८ बजेर २४ मिनेटमा रहेकाे छ । त्यस्तै स्थिरासन बिहान ९ बजेर ३५ मिनेटमा रहेकाे छ ।
कार्तिक ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ ।
त्यस्तै देवी विसर्जन बिहान १० बजेर ३७ मिनेटमा रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले एक विज्ञप्तिमार्फत उल्लेख गरिएकाे छ ।
उक्त विज्ञप्तिमा उल्लेख गरे अनुसार दशैकाे टीका लगाउने उत्तम साईत विहान ११ बजेर २ मिनेटमा रहेकाे छ । त्यस्तै कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको छ ।
अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।