सिलगढी / आज पटक पटक गरि ७ पटक महसुस गरिएकाे भुकम्पका कारण सुदुरपश्चिमकाे बझाङ्ग जिल्लामा १ जनाकाे व्यपत्ता भएकाे खबर प्राप्त भएकाे छ ।
भुकम्पमा परि बझाङ्गमा १३ जना घाईते भएका छन् । घाईते मध्ये २ जनालाई रिफर गरिएकाे बझाङ्ग प्रहरी स्राेतले जनाएकाे छ ।
भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका-११ बस्ने अन्दाजी ४० वर्षीया गुनमति धामी व्यपत्ता भएको बताईएकाे छ । उनी टिमुर टिप्न गएका बेला माथिबाट खसेकाे पहिराेमा परि व्यपत्ता भएकी स्थानिय स्राेतले जानकारी दिएकाे छ ।
त्यस्तै भुकम्पमा परि १३ जना घाइते भएका छन् । ती मध्य २ जनालाई थप उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङ स्राेतले बताएकाे छ । थप सुचना तथा विवरण संकलन भई रहेकाे बझाङ्ग प्रहरी स्राेतले जानकारी दिएकाे छ ।