
सिलगढी / आज मंगलवार दुई पटक भुकम्प गएको छ । बझाङ्गलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त जिल्लामा ठुलो क्षेती पुगेको अनुमान गरिएको छ ।
अहिले सम्मको अपडेटमा बझाङ्गको सड्क मार्ग ठाँउठाँउमा रोकीएको छन् । बझाङ्गको तलकोट गाँउपालिका वडा नं. १ को कार्यालयमा पुर्ण रुपमा क्षेति पुगेको छ । उक्त गाँउपालिकाको कार्यालय अघाडीको जमिन चर्किएको एक जनप्रतिनिधिले बताएका छन् । बझाङ्गका धेरै विद्यालय र घरहरु चर्किएका छन् । भुकम्प जाँदा बझाङ्गका केहि स्थानहरुमा टेलिफोन सम्पर्क समेत हुन नसकेको बताईएको छ ।
त्यस्तै डोटीको सायलमा एक निजि बोडिङ्ग चर्किएको स्थानिय लक्ष्मण ओझाले बताएका छन् । केआईसिँह ६ को देवस्थल माविको भवन चर्किएको स्थानिय गणेश भट्टले बताएका छन् । त्यस्तै डोटीको पुर्विचौकी गाँउपालिको एक विद्यालय पनि चर्किएको स्थानिय राज वहादुर बडैलाले बताएका छन् ।
त्यस्तै भुकम्प जाँदा अछाममा एक विद्यार्थि भाग्ने क्रममा घाईते भएको बताईएको छ । आज बझाङलाई केन्द्र विन्दु बनाएर दुुई पटक भुकम्प गएको हो । पहिलो पटक गएको भुकम्प ५।३ र दोस्रो पटक गएको भुकम्प ६।३ म्याग्निच्युडको रहेको भुकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । क्षेतिको थप विवरण आउन बाँकी छ ।