![](https://supaonline.com/wp-content/uploads/2023/10/earthaquake-bhukampa.webp)
डोटी / सुदुरपश्चिममा महसुस गरिएको भुकम्प बझाङ जिल्लामा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार दिउँसो बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको मापन भएको छ ।
मंगलवार दिन भरमा दुई पटक सम्म भुकम्पको झटका महसुस गरिएको हो । दिउसो ३ बजेर ६ मिनेटको समयमा भुकम्पको बढी झट्का महसुस गरिएको हो ।
डोटी सहित सुदुरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाहरुमा पनि भुकम्प महसुस गरिएको छ । भुकम्पको थप विवरण प्राप्त भएको छैन ।