
माेहन ठकुल्ला
डाेटी,
दार्चुला / दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने भएको छ।
आइतबार एक सुचना जारी गर्दै गाउँकार्यपालिकाको आर्थिक बर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार एकल पुरुषलाई मासिक रुपमा रू ५०० सय उपलब्ध गराउने सुचनामा उल्लेख गरिएकाे छ ।
गाउँपालिका भित्र रहेका गैरदलितको हकमा ५० बर्ष देखि ६७ वर्ष ननाघेको र दलितको हकमा ५० बर्ष देखि ५९ वर्ष ननागेका एकल पुरुषहरुले २०८० असोज मसान्त सम्म गाउँकार्यपालिकाको कार्यालयमा देहाय बमोजिम सम्पूर्ण कागजात पेश गर्न भनी प्रमुख प्रशासकीय अधिकृत वीर सिंह धामी मार्फत हस्ताक्षर गरिएकाे छ ।
उक्त भत्ता प्राप्त गर्न नेपाली नागरिताको प्रमाणपत्र सक्कल, पासपोर्ट साईजको फोटो, पत्नीको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, वडाको सिफारिस,५० बर्ष सम्म विबाह नगरेको एकल पुरुषको हकमा वडाको विवाह नगरेको प्रमाणित पत्र लगायतका कागजात माग गरिएकाे छ ।