![](https://supaonline.com/wp-content/uploads/2023/09/IMG_20230925_072540.jpg)
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा १ विशिष्ट श्रेणी, १० सहसचिब, ५८ उपसचिब र १ सय ४६ शाखा अधिकृतका नाममा मुद्दा दायर गरेको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन मार्फत उक्त कुरा संगै १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको जानकारी दिएको हो । १६२ वटा मुद्दा मा ६ वटा संस्था सहित ७ सय ७६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालले पत्रकार सम्मेलन मार्फत विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचार सम्बन्धी रहेका जानकारी दिएका छन् ।
त्यसपछि भूमि व्यवस्था मन्त्रालयका छन् । प्रवक्ता दाहाले ३६ प्रतिशत मुद्दा संघीय मामिलाका रहेको जानकारी दिए । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी गरिएको बताएका छन् ।