माेहन ठकुल्ला, डाेटी / युवा संगठन नेपालले जिल्ला प्रशासन कार्यालय डाेटीलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । साेमबार युवा संगठन नेपाल जिल्ला समिति डाेटीले सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई जिल्लामा भईरहेको समसामयिक विविध गतिविधिलाई समेटेर पत्र बुझाएको छ ।
जिल्लामा पछिल्लो समययता मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको छ । खाद्यान्न बस्तुहरु लुकाइ कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा ( २०१) भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकिएका अखाद्य बस्तुहरुको विक्रीवितरण गर्ने कार्य भैरहेको उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।
पत्रमा उल्लेख छ ” यो अवधी भनेको चाडपर्वको अवधी भएकाले साथै उल्लेखित व्यथितिहरु चरमरुपमा बढ्ने छन । तसर्थ व्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न जिल्ला प्रशासन कार्यालय डाेटीलाई ध्यानाकर्षण गर्न अनुरोध गरेकाे छ ।
यो संगै स्थानीय तहहरू र अधिकार क्षेत्रभित्र हुने संस्थागत तथा व्यक्तिगत भ्रष्टाचार, कमिसन, वा कुनै पनि प्रकारले राज्यको सम्पतीको दोहन गर्ने कार्यहरुलाई नियन्त्रण गर्नु कार्यालयको मुख्य दायित्व हो । तसर्थ उक्त कार्यहरुलाई नियन्त्रण गरि व्यथितिहरुका अन्य र सुसासन तथा जनताको आधारभूत समस्याहरुको समाधान गर्न उक्त पत्रमार्फत् माग गरिएकाे छ ।
ध्यानाकर्षण पत्रमा पाँच वटा बुदा समावेश गरिएकाे छ ।
१- कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौ ।
२- चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं ।
३- अखाद्य वस्तु (म्याद सकियका गुणस्तरहिनहरुको बिक्रीवितरण भईरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न माग गर्दछ ।
४- वस्तुको खरिद मुल्यको २० प्रतिसत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिसत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौ ।
५- यस कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोवार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कावाही गर्न जोडदार माग गर्दछौं ।