
कैलाली / कैलालीमा साउन महिना देखि दुई बालिका बेपत्ता भएका छन्।
जिल्लाकाे गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बसाेबास गर्दै आएकी पार्वती बोहराकी छाेरी वर्ष ९ की मुना बोहरा र सोहि ठाउँमा बस्दै आएकी गंगा ओलीकी छाेरी वर्ष १० गौरी ओली बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
उनिहरू गत साउन महिनाकाे २६ गतेदेखि दुबै बालिका शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएकाे प्रहरीले अनुसन्धान बाट खुलेकाे छ ।
खाेजिकार्य गर्दा वर्तमान समयसम्म ती बालिका फेला नपरेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
दुबै बालिका त्यस क्षेत्रकाे त्रिपुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत थिइन् ।