बझाङ / बझाङमा जबरजस्ती करणी मुद्दामा दोषि ठहरिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्लाकाे मस्टा गाउँपालिका -१ कोटदेबलका ३८ वर्षिया डम्मर बोहरालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
फरार प्रतिवादीलाई जबरजस्ती करणी मुद्दामा दाेषी ठहर गरि वि.स २०७५ चैत ४ गते जिल्ला अदालत बझाङले तिन वर्ष कैद सजाय तोकेको थियो ।
त्यसै वर्ष चैत १२ गतेदेखि फरार रहेका बोहरालाई प्रहरीले यहीँ असोज गत शुक्रबार १२ गते पक्राउ गरिएकाे हाे । अभियुक्त बोहरालाई आइतबार नै जिल्ला अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरिएकाे छ ।