काठमाडौं / नेपाली काँग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए पनि सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताएका छन् ।
आइतबार काँग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा नेता बडूले यस्तो यस्ताे बताएका हुन् । उनले अहिलेको सरकारको नेतृत्व नेपाली काँग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताए।
अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिस्सा काँग्रेसको रहेको बताएका छन् । उनले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न नसके भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे। मुलुकको आर्थिक अवस्था जर्जर रहेको र नेपाली युवा निराश भएर खाडी मुलुक गइरहँदा सरकार हेरेर मात्रै बसेको आरोप लगाएका छन् ।
उहाँले कार्यक्रममा यस्ताे पनि भनेका थिए ‘काँग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के गर्यो भन्दै प्रश्न गरे। अहिले पनि जनताले आशा गरेको पार्टी काँग्रेस नै भएको दाबी समेत छन् । उनले पछिल्लो समय जनताले नेताको भाषण पत्याउन छाडेको बताए।
मुलुकको आर्थिक अवस्था जर्जर छ। मुलुक आयातमा निर्भर छ। मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक जाँदै छन् तर सरकारले के गरिरहेको छ? नेपाली काँग्रेस पनि सरकारमा छ के गरिरहेको छ? युवाको निराशा‚ जनताको निराशा हटाउने र रोजगारी सिर्जना गर्ने काम काँग्रेसले के गर्यो? अहिलेको सरकार प्राविधिक रुपले प्रचण्डजी प्रधानमन्त्री हुनुहोला तर नेतृत्व हाम्रो छ‚’ उहाँले लगायतका विषयमा आलाेचना गरेका थिए ।