
डाेटी / राष्ट्रिय प्रजातन्त्र पार्टी डाेटी आफ्नाे संगठन विस्तार अभियानमा जुटेकाे छ ।
उक्तपार्टीकाे केन्द्रीय कार्यसम्पादन सदस्य डा. ठाकुर मोहन श्रेष्ठकाे सक्रियतामा जिल्लाका विभिन्नस्थानहरुमा कमिटी विस्तार तथा नागरिक भेटघाट कार्यक्रम संचालन भएकाे हाे ।
आज आईतवार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ मा नितु मल्ल सिँहकाे अध्यतामा १६ सदस्यीय वडा समिति गठन भएकाे डा. श्रेष्ठले जानकारी दिएका छन् । उक्त समितिकाे उपाध्यक्षमा डम्बर सिँ पार्की रहेकाे बताईएकाे छ । त्यस्तै रामचन्द्र शाही संयाेजक रहने गरि ५ सदस्यीय वडा सल्लाहकार समिति गठन भएकाे डा. श्रेष्ठले बताएका छन् ।
उक्त कार्यक्रममा पार्टीका सुदुरपश्चिम प्रदेश प्रतिनिधि कार्य समिति सदस्य जय बहादुर धामी, जिल्ला प्रतिनिधि बहादुर खडका, रमेश कठायत, भूपेन्द्र विक्रम शाह लगायतकाे सहभागिता रहेकाे थियाे ।