नरेन्द्र रावल/ नेकपा (माओवादी केन्द्र) अछामले एक दलित असहाय महिलाको घरकोे चुहिने खरको छानोमा कर्कट पाता लगाइ दिएको छ ।
मंगलसेन नगरपालिका– १०, जुपु सिलावाडा टोलकी दलित असहाय महिला ७० बर्षीया डिक्रा परियारको घरको छानोमा माओवादी केन्द्रले कर्कट पाता लगाइ लगाइ हो ।
घर–घरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनको नेतृत्वसहित जुपुमा गएको टोलिले असहाय महिलाको चुहिने घरको छानोमा कर्कट पाताले छाईदिएको हो ।
कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव शिव बोगटी, जिल्ला सदस्यहरु ज्ञान रावल, भक्त बिक,बल बहादुर रावल, कमलथापा, कटक सोडारी, सुरत भण्डारीको उपस्थिति रहेको थियो ।
वरिपरिका पत्थरले छाएका घरहरुको बीचमा चुहिने खर लगाएको घरको छानोमा जोखिमपूर्ण बास गरिरहेकी डिक्रा परियारले आफ्नो घरमा टिन लगाई दिएपछि हर्षित बन्दै नेकपा माओवादी केन्द्र अछामलाई धन्यवाद दिएकी छन ।