
काठमाण्डौ / काठमाण्डौ उपत्यकामा मंगलवार विहानै निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय २० गाडी कार्वाहिमा परेका छन् । बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ७४ दुई पाङ्ग्रे र ४६ वटा चारपाङ्ग्रे कार्वाहिमा परेका हुन् ।
सोमबार मात्रै उपत्यकामा ६ सय ५२ वटा गाडीलाई कार्वाहि स्वरुप दिनभर होल्ड गरेर छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा बुधबार सम्ममा लागी निषेधाआज्ञा जारी गरेको छ ।