कैलाली / कैलालीमा सवारी दुर्घटना भएको छ । जिल्लाकाे धनगढीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका हुन ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीया अनिल कुवँर रहेकाे कैलाली प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिएको हाे ।
माेटरसाइकल चालक घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएकाे छ ।