
डोटीमा एक किशोर बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका -४ कुमालीकोटका १४ वर्षीय आयुष कठायत शुक्रबार ३ बजे देखि सम्पर्क बिहिन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
सुजङ्ग स्कूल राजपुरमा कक्षा ८ मा अध्यनरत रमेश कठायतका छोरा आयुष स्कूलबाट घर फर्कीसकेपछि हराएका हुन् । हराएकै दिन झोला राजपुर स्थित आफ्नो होटलमा छोडेर गएका उनी शनिबार सम्म घर नफर्किए पछि परिवारले खोजी गरिदिन हुन अनुरोध गरेको छ ।
बालकलाई भेटाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा बालकका बुवाको मोबाइल नम्बर ९८४८४७७९७१ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ।