कञ्चनपुर / कञ्चनपुरमा एक किशोरी शव फेला परेकाे छ । जिल्लाकाे महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्काकाे मृत अवस्थामा शव फेला परेकाे हाे ।
दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्काकाे काेठामा मृत अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शव फेला पर्नु अघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।