धनगढी/ कञ्चनपुरबाट २ किशोरीको उद्धार गरिएको छ।
बेलौरी नगरपालिका वडा नम्बर १० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको छ ।
बेलौरी– १ बस्ने एक जना १४ वर्षिया र अर्की १३ वर्ष रहेको प्रहरीले जनाएकाे छ ।
शंकाको आधारमा सोधपुछ गर्दै गर्दा दुबैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरिएकाे हाे । उद्वार गरेर प्रहरीले दुबै किशोरीलाई आफन्तको जिम्मा लगाएको जनाएकाे छ ।