![](https://supaonline.com/wp-content/uploads/2023/09/images-1.jpeg)
डाेटी / डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा न. १ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको छ ।
उनी गत भदौ २० गते आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको आदर्श गाउँपालिका-०६ का टेक लुहारले चलाएको सु.प.प्र. ०१-००१-३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट स्थित खसेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकाे थियाे । तर त्यहाँ केही दिनको उपचारपछि उपचारमा संलग्न डाक्टरले थप उपचार सम्भव नरहेको बताएपछि यहीँ असाेज १० गते घर ल्याइएको थियो ।
उनकाे आज दिउँसो १२ बजे घरमै मृत्यु भइसकेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ । घटनास्थलकाे जाँच गरि मुचुल्का लगेर थप अनुसन्धान भैरहेकाे जानकारी दिएकाे छ ।