
बैतडी/ बैतडीमा एक पुरुषकाे शव फेला परेकाे छ ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा न ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवरकाे शव मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
बिहीवार बिहान कुँवरलाई घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा फेला पारेको हाे । उनको मृत्युको कारण भने खुल्न नसकेकाले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।