डोटी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका उनको निधनले पार्टीलाई ठुलो क्षेतिपुगेको उक्त पार्टीका डोटी संयोजक कमल वहादुर गडसिला (एनान) ले बताएका छन् ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटी जिल्लाको ६ नंम्वर कमाण्ड बडीकेदार गाँउपालिका र जोरायल गाँउपालिकाको नेतृत्व गरिरहेका बडुवालको स्वास्थ्य अबस्थामा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएका थिए । उनीको स्थायीघर कैलालीको लम्की चुहा २ मा पर्दछ ।
स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । युद्धकालिन भुमिगत अबस्थामा डोटी जिल्लाको राजनितिमा सक्रिय रहेका उनी ३ महिने अभियानको क्रममा पुन डोटीका कमान पाउदा आफु खुशी भएको बताउदै आएका थिए ।
डोटी संगठनको विकासका लागी नेता वडुवालको ठुलो भुमिका रहेको र उनको योगदान पार्टी भित्र सदैव स्मणनिय रहने डोटी संयोजक एनानले बताएका छन् । परिवार स्रोतका अनुसार वडुवाल निमोनिया रोगबाट पिडित थिए ।
।