
डोटी/ चालु आर्थिक बर्षको ७३ दिनको अबधिमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयमा सुदुरपश्चिमका २ सय ९० उजुरी परेको छन् भने त्यस मध्ये डोटीका ३० वटा उजुरी रहेको उक्त कार्यालयले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्ला हेर्ने गरि महेन्द्रनगरमा रहेको कार्यालयका कार्यालय प्रमुख अस्मान तामाङ्गले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९÷०८० का ५७ उजुरी यस आर्थिक वर्षमा अल्या भई सरि आएका छन् भने यस आर्थिक बर्षको असोज ९ गते सम्ममा डोटीका ३० वटा उजुरी अख्तीयारमा परेको हो । अख्तीयारमा दर्ता भएका उजुरी मध्ये अधिकाशं उजुरी स्थानिय तहको अनियमितता संग सम्वन्धी रहेको आयोग महेन्द्रनगर कार्यालय प्रमुख तामाङ्गले बताएका छन् । त्यस्तै डोटीमा प्रदेश र संघिय सरकारको लगानीमा रहेका विकास निर्माणका कार्यहरुमा समेत उजुरी परेका छन् ।
असोज ९ गते सम्मको अबधिमा सुदुरपश्चिमका ९ जिल्लाका २ सय ९० उजुरी आयोगमा दर्ता भएका छन् । आयोगले दिएको जानकारी अनुसार सबै भन्दा बढी उजुरी आर्थिक बर्षको सुरुवाती महिना श्रावणमा परेको छ । श्रावण महिनामा ईमेल मार्फत ४१, टेलिफोन मार्फत १६, प्रमुख जिल्ला अधिकारी मार्फत ३, फेसबुक मार्फत ३, लिखित निवेदन ४०, हुलाक मार्फत ६४ र पत्रपत्रिका मार्फत ३ गरि जम्मा १ सय ७३ उजुरी परेका छन् ।
त्यस्तै भाद्र महिनामा ईमेल मार्फत १०, टेलिफोन मार्फत १०, लिखित रुपमा ५१ र हुलाक मार्फत १२ गरि ८५ उजुरी दर्ता भएका छन् । त्यस्तै असोज महिनाको हिजो ९ गते सम्ममा ईमेल मार्फत ४, टेलिफोन मार्फत ५, प्रमुख जिल्ला अधिकारी मार्फत १, लिखित निवेदन मार्फत ११ र हुलाक मार्फत ११ गरि कुल ३२ उजुरी अख्तीयार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालय परेका छन् ।
सुदुरपश्चिममा परेका उजुरीहरु मध्ये धेरै उजुरी स्थानिय सरकार र प्रदेश सरकार संग सम्वन्धीत रहेको आयोगले जानकारी दिएको छ । उजुरीको संख्या दैनिक रुपमा बृद्धि भई रहेको उक्त कार्यालय जानकारी दिएको छ ।