काठमाण्डौ / निषेधा आज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरका कारण पक्राउ परेका मध्ये ७ जना छुटेका छन् ।
पक्राउ परेका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको छ।
परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जवानीमा छोडिएको जानकारी दिए । १३ जनालाई भने प्रहरीले छोडेको छैन । उनीहरु मध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।