कञ्चनपुर / बसकाे ठक्करबाट कञ्चनपुरमा एक वृद्धको मृत्यु भएको छ।
मंगलबार दिउसोकाे समयमा भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मृत्यु भएको हाे ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट भुलकाे मृत्यु भएको जनाएकाे छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ