
कैलाली / सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त भएका छन् । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।
मंगलबार आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यायलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण समेत गराएकाे छ ।
नवनियूक्त उपाध्यक्ष उपाध्याय भएसँगै उनी सुदूरपश्चिम सरकार अन्तर्गत रहेको नीति तथा योजना आयोगमा तेस्रो उपाध्यक्ष भएका छन् । यस अघि सुरुमा केशरबहादुर साउँद उपाध्यक्ष थिए । साउँदले ०७८ असोजमा पदबाट राजिनामा दिएपछि सरकारले ०७९ भदौंमा आयोगको सदस्य रहेका बिष्टलाई उपाध्यक्ष नियुक्त गरेको थियो ।
उपाध्याय हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।