
काठमाडौं/ नेपाली क्रिकेट टाेलिका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछाने चिन गएका छन् । एसियाली खेलकुदका लागि उनी चीनतर्फ लागेका हुन् ।
एसियाली खेलकुदका लागि नेपाली टोली चीन अगाडि गएपनि सन्दीप लामिछाने मुद्दाका कारण रोकिएका थिए ।
अब आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएका थिएनन् । यस अघि पनि मुद्दा सुनुवाइ हुन बाकि हुँदा आफू मानसिक रुपमा तयार नभएको सन्दीपले बताएका थिए ।
मंगलबार आज क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि मात्र उनी चीनतर्फ लागेका हुन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्ने भएकाे छ