बाजुरामा एकल महिलालाई उनका आफन्तले करणी गरेर फरार रहेका छन् ।
जिल्लाकाे जगन्नाथ गाउँपालिकाकी एकल महिलालाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला जबरजस्ती करणी गरेकाे जिल्ला प्रहरी बाजुराले जनाएकाे छ ।
जबरजस्ती करणी गरिसकेपछि आरोपितका व्यक्तिकाे घरका अन्य सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको पिडितकाे दाबी गरेकी छिन् । पिडित महिलाले आफूलाई मरसान्न निलडाम हुनेगरि पिटेर केही दिनपछि मात्रै होस आएकाे पिडितकाे गुनासाे रहेकाे छ ।
उक्त विषयमा उजुरी परपसकेकाे र आरोपितको खोजी कार्य पनि भैरहेकाे प्रहरी कार्यालय बाजुराले जनाएकाे छ