माेहन ठकुल्ला
डाेटी,
राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य डा ताेसिमा कार्की सुझाव संकलनका क्रममा केही दिन यता डाेटीमा छिन् । पूर्वीचाैकी गाउँपालिका वडा न ०४ मा साे पार्टीले आयाेजना गरिएकाे कार्यक्रममा सहभागी भएकाे भन्दै साे गाउँपालिकाकाे कृषि प्राविधिककाे जागिर धरापमा परेकाे छ ।
पूर्वीचाैकी गाउँपालिका कार्यरत नायब प्राविधिक सहायक प्रेम बहादुर भण्डारीकाे जागिर धरापमा परेकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीकोले गाउँपालिकाकाे वडा नं. ४ को वडा कार्यालय परिसरमा गरेकाे एउटा कार्यक्रममा गाउँपालिकाकाे कृषिशाखामा करार सेवामा कार्यरत भण्डारीले पालिकाकाे स्वीकृत नलिइ बाेलेकाे भनी कार्बाहीका लागि भण्डारीसँग स्पष्टीकरण मागिएको हाे ।
यहि असाेज ६ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकाकाे वडा नं. ४ को वडा कार्यालय परिसरमा गरेकाे एउटा कार्यक्रम गरेकाे थियाे । उक्त कार्यक्रममा सुब्बा प्राविधिक सहायक भण्डारीले फेसबुक लाइभममा कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको आराेप लगाउदै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलद्वारा हस्ताक्षररित स्पष्टीकरण पत्रमा उल्लेख गरिएकाे छ ।
स्पष्टीकरण मागिएकाे पत्रमा भनिएकाे छ ” तपाईंलाई कार्बाही किन नगर्ने दुई दिन भित्र लिखित जवाफ पेस गर्नु ” । अन्यथा करार सम्झौवामा भएको व्यवस्था अनुसार ७ दिन भित्र कार्बाही गर्ने चेतावनी दिएकाे छ ।
सरकारी सेवामा कार्यरत कुनै पनि कर्मचारी राजनीतिक कार्यक्रममा सहभागी हुन नपाउने कानुनी व्यवस्था रहेपनि साेहि गाउँपालिकामा कार्यरत अन्य कर्मचारीहरू पनि राजनीतिक दलकाे कार्यक्रममा सहभागी हुने गरेकाे एक स्थानियले बताएका छन् ।











