
बाजुरा/ बाजुरा जिल्लामा भाइरल ज्वरोको प्रकोपले दुई जनाको ज्यान गएको छ ।
जिल्लाको खप्तडछेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरो कारणले ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीकोे ज्यान गएको बताईएको छ ।
उक्त गाँउमा १ सय ६० परिवार रहेकोमा प्रया सबै घरमा विरामीहरु देखा परेको बताईएको छ । स्रोतले बताए अनुसार आईतवार राती शाहीको मृत्यु भएको हो भने चार दिन पहिला बुढाको मृत्यु भएको थियो ।
गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ ।