डाेटी / सुदुरपश्चिमकाे माैलिक पर्व गाैराका लागि प्रशिध्द मानिने केआईसिह ६ फलेडीकाे गाैरा भाद्र १० गते आईतवार सेलाउने कार्यक्रम रहेकाे छ ।
गाैरा प्रवध्दन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जाेशीले दिएकाे जानकारी अनुसार हरेक बर्ष झै यस वर्ष पनि खुल्ला देउडा गित प्रतियाेगिता राखिएकाे छ । भाद्र ९ गते शनिवार दिनभरी खुल्ला देउडा प्रतियाेगितामा ख्याती प्राप्त डेउडा गायक तथा गायीकाहरु विचमा घम्साघम्सी हुनेछछ भने राती परम्परा अनुसारकाे भारिखेल लाग्ने छ ।
गाैरा व्यवस्थापन समितिका गणेश जाेशीका अनुसार गाैरा अबधिभरमा मदिरा निषेधित गरिएकाे छ । फलेडीकाे गाैरा हेर्न टाढाटाढा बाट दर्शकहरु पुग्ने गरेकाे स्थानिय गाैरा संरक्षण तथा सल्लाहकार समितिका सदस्य परमानन्द जाेशीले बताए ।
गाैराकाे अन्तिम दिन अर्थात आईतबार तल्लाे फण्डि र मल्लाे फण्डीकाे गाैरा जुधाईकाे दृष्य रमाईलाे हुने धुव्रराज जाेशीले बताए । विधिवत रुपमा गाैराकाे व्रत गरि पुजाआरधना गरिएकाे मनाेकामना पूरा हुने जनविश्वास रहेकाे पाईन्छ ।