युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सामाजिक संजाल फेसबुकमा खासै जोडिने बानी छैन । कुनै समय एकदमै प्रिय रहेको फेसबुक पछिल्लो समय अन्य सामाजिक संजालको आगमनसंगै फेसबुककावाल तिर खासै घुमिदैन भन्दा पनि हुन्छ । २०८० ओल्केसंक्रान्ती अर्थात् भाद्र १ गते दिउसो २ः५७ बजेको सयम । एक मित्रको फोन आयो । पत्रकार ज्यु कता हो ? विदामा हो की क्या हो ? उहाँको प्रश्न थियो । सहजै उत्तर दिए, अरे साथी थलापरिएको छ । बेड रेष्ट भन्दा नी हुन्छ । साथीको अर्को प्रश्न, के भयो साथी ? मेरो उत्तर थियो, उहि त हो अहिलेको विशेष आँखा पाक्ने रोगले सतायो । आँखा सुनिएको छ । आँखाबन्द गरेर सुती रहेको । साथीले हाँस्दै भन्नु भो, बजारमा के के भई सक्यो, डोटीका सबै पत्रकार सुते छन्, तपाई पनि सुत्नुहोस् । मैले के भो भन्न नपाउदै साथीले फोन काट्नु भो ।

सारै मिल्ने सहयोगी मित्रले भनेको वाक्यले मनमा सन्देह पैदा भयो, फेसबुकवालमा भ्रमण गर्नु प¥यो भन्दै जवरजस्ती आँखा खोले, आँखा पखाले, फेसबुक खोले, फेसबुकवालको सुरुमा नै एक जनाले पत्रकारका विरुद्ध पोष्ट गरेको सामाग्री देखे । के भएछ भन्दै वालमा भम्रण गर्दै गर्दा डोटीको शिखर नगरपालिकाका नगरप्रमुख दिर्घ वहादुर बलायरले आफ्नै स्वकीय सचिबलाई टाउकोमा खुकुरी प्रहार गरि घाईते बनाएको भन्ने पोष्ट देखियो । फेसबुक भ्रमणका क्रममा नगरप्रमुखलाई उहाँ कै स्वकीय सचिबले अमर्यादित अरोप लगाउदै धेरै पोष्टहरु गरेको सामाग्रीहरु समेत देखियो । त्यो संगै त्यस विषयमा समाचार नबनाएको, समाचार लुकाएको भन्ने आसयका साथ पत्रकारहरु माथी लागेका अरोपहरु पनि देखियो ।

फेसबुकको वालभरि शिखर नगरपालिकाको घटना र पत्रकारहरु माथी लगाईएको अरोपहरुले नै भरिएको देखेपछि उक्त घटनाका विषयमा यथार्त बुझ्न मन लाग्यो । एक जना पत्रकार साथीलाई तत्काल फोन गरे । उहाँले आफुलाई जानकारी भए सम्मको सूचना दिए । उनले दिएको सूचना अनुसार शिखर नगरपालिकाका नगरप्रमुखलाई फोन सम्पर्क गर्दा नगरप्रमुखको मोवाईल स्वीचअफ भएको, घाईते भनीएका स्वकीय सचिवको मोवाईलमा सम्पर्क नभएको, नगरपालिकाका सूचना अधिकार डडेल्धुरामा रहेको साथै उनलाई पनि सामाजिक संजालमा पोष्ट भएका विषय सम्म मात्र जानकारी भएको, नगर प्रबक्तालाई सम्पर्क गर्दा उनलाई पनि घटनाको यथार्त जानकारी नभएको, सामाजिक संजालमा पोष्ट भएका कुरा मात्र आफुलाई जानकारी भएको भन्ने सूचना आफुले प्राप्त गरेको ति सहकर्मीले जानकारी दिए । सहकर्मीले समाचारको पुष्टाईका लागी डोटीका प्रहरी प्रमुखलाई समेत फोन गर्दा सो घटनाका बारेमा पुष्टाई हुन नसकेको जिकीर गरे । समाचारपुष्टी हुनसक्ने स्रोत नै घटना बारे अनविज्ञ रहेपछि तत्काल पुर्ण रुपमा समाचार पस्कन सक्ने अबस्था देखिएन ।

सूचना पुष्टाईका लागी कुनै स्रोत फेला पर्छकी भन्ने हेतुले पुनः सामाजिक संञ्जाल फेसबुक भम्रणमा जुटे, फेसबुकमा घुम्दा डोटीबाट प्रकाशित भईरहेको मुलुक न्युज अनलाईनमा एउटा समाचार देखियो । समाचारको शिर्षक थियो डोटीमा मेयरद्वारा आफ्नै स्वकीय सचिब माथि खुकुरी प्रहार अनलाईनको लिंक खोलीयो समाचार पढियो, समाचार अघिको सहकर्मीले भने जस्तै कुरा थियो । कुनै अनलाईनका साथीहरुले समाचार प्रकाशन गरेका छन् कि भन्दै हेर्दै जादा डोटीबाट नै प्रकाशन हुने नजरअनलाइनमा प्रकाशित समाचारमा ध्यान केन्द्रीत भयो समाचारको शिर्षक थियो, शिखरका नगरप्रमुख बलायरले आफ्नै स्वकीयमाथि खुकुरी प्रहार गरेको आरोप उक्त अनलाईनले प्रकाशन गरेको सामाग्री पनि पहिले कै सहकर्मीले भने जस्तै नगरप्रमुख, स्वकिय सचिबको मोवाईल अफ भएको, नगरका सूचना अधिकारी डडेल्धुरामा रहनुको साथै उनलाई पनि सामाजिक संजालबाट नै जानकारी भएको कुरा उल्लेख थियो । उक्त समाचारमा अलि फरक चाहि शिखर नगरपालिकाको बानेडुङ्ग्रीसैनमा आपसी विवाद भएको र हानाहानका क्रममा आफू बच्न नगर प्रमुख बलायरले प्रहार गरेको ढुङ्गा लाग्दा ठगुन्ना घाइते भएको बुझिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएको कुरा उल्लेख थियो । त्यस्तै डोटीबाट नै प्रकाशन हुने अर्को अनलाईन पाँजलो अनलाईनले पनि समाचार लेखेको भेटियो उक्त अनलाईनले लेखेको समाचारको शिर्षक नगरप्रमुखको कुटाइबाट स्वकीय सचिव घाइते, दुवै पक्षबिच सहमती हुँदै भन्ने रहेको थियो । उक्त अनलाईनमा प्रकाशित समाचार उस्तै उस्तै भएपनि विवादका विषयमा सहमती जुटी रहेको कुरा नयाँ थियो ।

तत्कालिक अबस्थामा बुझ्दा शिखर नगरपालिकामा भएको घटना २०८० श्रावण ३२ गते रातीको समयमा नगरप्रमुख र उनका स्वकीय सचिब राजेन्द्र ठगुन्ना विचमा विवाद भएको सहजै अनुमान गर्न सकिन्थ्यो । सोहि क्रममा ठगुन्नाको टाउकोमा चोट समेत लागेको अनुमान गर्न सकिन्थ्यो । ठगुन्नाले सोहि दिनको राती देखि दोस्रो दिनको विहान सम्म नगरप्रमुख दिर्घ वहादुर वलायरलाई लक्षित गर्दै धराप्रवाह रुपमा एक पछि अर्को स्टाटस र फोटोहरु आफ्नो फेसवुकवालमा पोष्ट गरेका सामाग्री छताछुल्ल भएको देखिन्थ्ये । तर सत्य तथ्य सहितको समाचार तयार पार्न पुष्टाई गर्ने आधार र बलियो स्रोत भने कतै फेला नपर्ने अबस्था देखिन्थ्यो । तत्काल जुन जुन मिडियाले जस्तो समाचार लेखे त्यसमा कहि कतै बलियो स्रोत भेटन नसकेको भन्ने अर्थ नै दिनेखालका समाचारहरु बाहिर आएको थियो भन्दा अन्यथा नहोला । तत्काल समाचार तयार पार्ने साथीहरुले ठगुन्नाले पोष्ट गरेको कुरालाई नै आधार बनाउनु स्वभाविक पनि थियो । समाचारलाई पुष्टी गर्नेहरु सबै सम्पर्क विहिन जस्तै थिए, सम्पर्कमा रहेकाहरुलाई घटनाका बारेमा नै जानकारी थिएन । पाठक, श्रोता, दर्शकहरुलाई तत्काल सो घटनाका बारेमा जानकारी पाए हुन्थ्यो भन्ने ईच्छा थियो होला । पाठक, श्रोता, दर्शकमा त्यस्तो ईच्छा उत्पन्न हुनु पनि स्वभाविक कै थियो । एक जनप्रतिनिधि, नगरको अविभावकले आफ्नै सचिवालयको कर्मचारी माथी हातपात मात्र नभई टाउकोमा खुकुरी प्रहार गरेको अरोप उनकै सचिवालको कर्मचारीले सार्वजनिक गरेको लामो समय सम्म घटनाको विस्तृत विवरण उजागर गर्ने खालका समाचार बाहिर नआउदा पत्रकारहरु माथी नै पाठकहरु खनिएको पनि हुन सक्छ ।

पत्रकारीताको पनि आफ्नो नियम हुन्छ । समाचार बनाउनका लागी स्रोत पुष्टी हुनु पर्छ । लेख्ने भन्ने नाममा पुष्टी नहुने कुरा लेख्दा पत्रकार आफै फस्न सक्छन् । पुष्टाई नभएको वा विश्वासिलो स्रोत नभएमा समाचारले अर्को दुर्घटना समेत निम्ताउन सक्छ । यि र यस्ता कुरामा समेतलाई ध्यानमा राखी पत्रकारले आफ्नो कलम चलाउनु पर्ने हुन्छ । अर्को कुरा, कुन समाचार प्रकाशन गर्ने वा नगर्ने भन्ने विषय सम्वन्धीत मिडिया हाउस वा पत्रकारमा निहित रहन्छ । एउटा मिडिया हाउसले प्रकाशन गरेको समाचार वा सामाग्री अर्को मिडिया हाउसको प्राथमिकतामा पर्न पनि सक्छ नपर्न पनि सक्छ । हरेक कुरा सबैले प्रकाशन प्रसारण गर्छ भन्ने पनि हुदैन । यति भनी रहदाँ गम्भीर मानिने विषयमा पन्छनखोज्नु वा प्राथमिकतामा नपरेनछ भन्ने अर्थदिने खालमा पत्रकारको कार्यशैलीमा देखिनु हुदैन । यस्ता कुरामा पनि पत्रकार, पाठक, श्रोता, दर्शकहरुमा जानकारी हुन जरुरी छ । कुनै समाचार वा कुनै सामाग्री प्रकाशन भए संगै सो माथी टिकाटिप्पणी गर्न पाईदैन भन्ने पनि होईन । टिकाटिप्पणी गर्न पाईन्छ तर टिकाटिप्पणी मर्यादीत हुन पर्दछ । निराधार आरोप, यो वा त्यो कसैले कसैलाई लगाउनु हुँदैन । कुनै विषयमा अस्पष्ट भएमा वा चित्त नवुझेमा सम्वन्धीत निकायमा कानून उपचारका लागी जो कोही जान सक्ने बाटो खुल्ला नै हुन्छ । समाचारमा आएका वा नआएका कारण अशिष्ट अरोप लगाउने, गाली गलौज गर्ने छुट कसैलाई पनि हुदैन । त्यो विषयमा सबै सचेत हुन जरुरी छ ।

सबै अबस्था नियाल्दा मेरा बुझाईमा समाचार नबन्नु वा ढिला बन्नु पछाडीका केहि कारण ः–
१. जुन प्रकारले स्वकिय सचिब ठगुन्नाले फेसबुकवालमा एक पछि अर्को गर्दै नगरप्रमुखका विरुद्धमा सामाग्रीहरु पोष्ट गर्दै गए त्यस विषयमा
बुझ्न खोज्दा नगरप्रमुखसंग सम्पर्क हुनु नसक्नु उनलाई फोन गर्दा उनको मोवाईल स्वीचअफ हुनु ।
२. सामाजिक संजालमा नगरप्रमुखका विरुद्धमा पोष्ट गर्ने, घाईते भएका, तत्काल पिडित देखिएका, स्वकीय सचिबको मोवाईलमा सम्पर्क हुन
नसक्नु ।
३. घटना भएको दोस्रो दिनको दिउसो १ बजेको समय सम्म पनि नगरका सूचना अधिकारी र नगर प्रबक्तालाई समेत सो घटनाका बारेमा
जानकारी नहुनु । सामाजिक संजालमा पोष्ट भएको कुरा वाहेक अन्य कुरामा जानकारी नभएको उनीहरुले बताउनु ।
४. घटना भएको दोस्रो दिनको दिउसो १ बजेको समय सम्म पनि जिल्ला प्रहरी कार्यालयलाई उक्त घटनाका बारेमा जानकारी नहुनु ।
५. समाचार तयार पार्न आबश्यक पर्ने वलियो स्रोत फेला नपर्नु वा स्रोत खुल्न नचाहानु ।

नगरको विज्ञप्ती पछिका केहि प्रश्न ?
घटना घटेको लामो सयम पछि वा सामाजिक संजाल ताते संगै ढिला गरि शिखर नगरपालिकाले घटनाको विषयलाई लिएर एउटा प्रेश विज्ञप्ती जारी गर्यो । विज्ञप्तीमा नगरप्रमुख र स्वकीय सचिव विचमा विरामीलाई अस्पताल पुर्याउने विषयमा सामान्य भनाभन भएको, त्यसक्रममा जम्मा भएको भिडबाट ढुङ्गा प्रहार भई ठगुन्नाको टाउकोमा चोट लागेको, रिसको आवेगमा आएर ठगुन्नाले फेसबुकमा पोष्ट गरेको, नगरप्रमुख र स्वकीय सचिब नातामा काका भतिजा भएको र प्रकाशित समाचार सत्य तथ्य नबुझी फेसबुकलाई आधारमा समाचार बनाउदा नगरको मान मर्यादामा गम्भीर आच पुगेको कुरा उल्लेख गरेको थियो । अब केहि प्रश्न ।
१. जसरी सामाजिक संजालमा स्वकीय सचिबको पोष्टहरु आएका देखिन्छन् त्यो सत्य भए ति गम्भीर अपराधमा पर्छ कि पर्दैन ? त्यसका
विषयमा सबैलाई चाँसो हुनु पर्छ कि पर्दैन ? त्यस्तो विषयमा सोधखोज हुन जरुरी हो वा होईन ?
२. नजिकका नातेदारले एक आपसमा कुटाकुट गर्न पाईन्छ कि पाईदैन ? अझै जिम्मेवारी सहितको पदमा बसेका व्यक्ति विच हात हाल्ने
अबस्था आउनु को मुल कारण के थियो ? त्यो सामान्य हो वा होईन ?
३. नगर प्रमुखमाथी टाउकोमा खुकुरी प्रहार गरेको, भ्रष्टाचार गरेको, अनैतिक यौन सम्बन्ध राखेको जस्ता गम्भीर प्रकृतिका आरोप लगाईएको
थियो । नजिकको नातेदार भए नगरसरकारका प्रमुखलाई यस्तो गम्भीर आरोप लगाउन पाईने हो वा होईन ? रिसकै कारण आरोप
लागेको मान्ने हो भने पनि नगरप्रमुख, नगरपालिका, महिला लगेको भनीएको ठाँउ, महिला राखेको भन्ने होटलको मानमर्दनमा आँच पुग्यो
कि पुगेन ?
४. जिम्मेवार व्यक्तिले रिसको आवेगमा आएर लगाईएको आरोपका कारण मुछिएको होटल, महिला लगीएको भनीएको ठाउँ र
नगरपालिकाको प्रतिष्ठा माथी उठेको प्रश्नको भरपाई कसरी हुन्छ ?
५. घटना भएको घन्टौ सम्म नगरप्रमुख र चोट लागेका मान्छे संग सत्य तथ्य बुझ्न पटक पटक फोन गर्दा सम्पर्क नहुनु, सम्पर्कमा आएका
आधिकारीक व्यक्ति प्रवक्ता र सूचना अधिकारीले घटनाका बारेमा आफुहरुलाई पुर्ण रुपमा जानकारी नभएको बताएपछि सत्य तथ्य कहाँ
र कसरी बुझ्ने हो ? यस्तो अबस्थामा आधिकारीक व्यक्तिले आधिकारीक व्यक्ति माथी लगाएको गम्भीर अरोपका कारण सामाजिक संजाल
तातेपछि तत्काल सत्य देखीएको विषयमा समाचार बनाउदा समाचारका कारण नगरको मानमर्दनमा चोट पुग्यो की, अरोप लागेका कारण
चोट पुग्यो ?

अन्तमा,

शिखर नगरपालिकामा श्रावण ३२ गते राती जे घटना भयो त्यो राम्रो विषय पक्कै होईन । स्थानिय सरकार कानूनको संरक्षक पनि हो । कानूनले नजिकको नातेदार भन्दैमा छुट दिने व्यवस्था गरेको पाईदैन । स्थानिय सरकारको प्रमुख माथी नै प्रश्न उठाईएपछि त्यसका बारेमा जानकारी पाउनु, आम नागरिकले चाँसो राख्नु स्वभाविक कुरा हो । विवाद पछि विवादीत पक्षहरु विचमा सहमती हुनु राम्रो विषय हो । तर जुन विवादले समाजलाई नै तरङ्गीत बनायो सो विषयमा आम नागरिकले सत्य तथ्य बुझ्न समेत पाउनु पर्छ भन्ने विषयलाई नकार्न सकिदैन । कुनै घटनाले समाजमा नै तरंग पैदा गरि सकेपछि कस्तो घटनामा सहमति हुन्छ वा हुदैन भन्ने विषयमा कानूनी अधिकार प्राप्त निकायको ध्यान पुग्नु पर्छ । अधिकारप्राप्त निकायहरुले अनुसन्धान गर्नुपर्छ ।

राजनिति हरेक क्षेत्रमा छ, नेपाली पत्रकारीता क्षेत्रमा दलिय राजनितिको प्रभाव छैन भन्ने विषयलाई अहिलेको अबस्थामा स्वीकार गर्न सकिन्छ भन्ने पक्षमा म छैन । पत्रकार स्वतन्त्र हुनु पर्दछ त्यसमा दुई मत छैन । यति भनी रहँदा पत्रकारमा आस्था पनि हुनुहुदैन भन्ने पनि होईन । कुनै दल प्रति आस्था हुने कुरा एक विषय हो तर सक्रिय राजनितिक कार्यकर्ता जस्तै पत्रकारले व्यवहार चाही देखाउनु हुँदैन भन्ने विषयमा प्रष्ट हुनु पर्दछ । पत्रकार वा पत्रकारीताको विषयमा प्रश्न उठाउन पाईदैन, पत्रकार अर्कै ग्रहवाट आएको हो भन्ने भाष्य पनि लगाउनु हुदैन । पत्रकार यहि समाजको हो, त्यसैले पत्रकार र पत्रकारीतामा माथी प्रश्न गर्न पाईन्छ तर प्रश्न गर्ने नाममा अशिष्टता प्रस्तुत गर्न छुट कसैलाई पनि हँुदैन । डोटेली पत्रकारीतामा केहि आन्तरिक समस्या नभएको भने पक्कै होईन । त्यस विषयमा पनि पत्रकार महासंघ सचेत हुन जरुरी छ । पत्रकारीता क्षेत्रमा रहेका आन्तरिक समस्याहरु समाधान गर्दै जानु राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय