शुशिला पन्त/ पाक्न लागेको बालीमा जंगली जनावारले आक्रमण गर्न थालेपछि डोटीका विभिन्न स्थानिय तहहरुमा कृषकहरु चिन्तीत भएका छन् ।
दिउसो जङ्गली बादर र राती जंगली बँदेलको आतङ्कले हैरानी खेप्नुपरेको डोटी केआईसिँह गाँउपालिका बडा नं. ६ का कृर्षक महेश्वर भाटले बताए । जंगली जनाबरले पाक्न लागेको मकै, धानबाली नष्ट गर्न थालेपछि आफुहरुलाई चिन्तीत बनाएको आदर्श गाँउपालिकाका कृर्षक दिपेन्द्र पाठकले बताए ।
जिल्लाका अधिकांश स्थानिय तहहरुमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको उनीहरुले बताउदै आएका छन् । विशेष गरि खप्तड राष्ट्रिय निकुन्ज नजिकका स्थानिय तह पुर्विचौकी गाँउपालिका र सायल गाँउपालिकामा कृषकहरु अझै बढी समस्यामा गरेका छन् । त्यस्तै संरक्षित क्षेत्र जस्तै पालिएका बन क्षेत्र नजिकका कृर्षकहरु समस्यामा पर्न थालेका हुन् ।
राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको अबस्था रहेको केआईसिँह गाँउपालिका ६ का कृषक हरि भट्ट बताउन्छन् । अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्नु पर्ने अबस्था आएको उनीहरु बताउदै आएका छन् । खेतवारीमा फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको उनीहरु बताउन्छन् । विभिन्न स्थानमा जङ्गली जनावर बँदेल र बादरले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्ता पर्न थालेका छन् ।
पहिल्लो समय मानव बस्ती रहेको स्थानमा समेत जंगली जनाबरहरु देखिन थालेपछि खेती संगै मानिसहरु पनि असुरक्षित भई रहेका दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का कृष्ण प्रसाद श्रेष्ठ बताउन्छन् । पछिल्लो समय मानव बस्ती रहेको सिलगढी बजारमा समेत जंगली जनाबार भालु, बादर, स्याल जस्ता जनाबरहरु देखिन थालेको श्रेष्ठ बताउन्छन् ।
दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या पर्न थालेको हो । जङ्गली जनावरले धान, मकै लगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनले सुनाए । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ ।