डोटी/कुनै समयमा खचाखच भरीने डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थित बसपार्कको पछिल्लो समय अस्तत्व नै धरापमा रहेको छ ।
लामो समय देखि यातायात व्यवसायीहरुले सड्कमा नै सवारी साधन पाकिङ्ग गर्दै, सड्क छेउमा नै टिकट काउन्टर खोलेर बसेपछि सिलगढी बसपार्क अस्तीत्वहिन हुन थालेको स्थानियहरुको बुझाई रहेको छ ।
दिपालय सिलगढी नगरपालिकाको कार्यालय नजिक नै सड्कमा सवारी साधनहरु पार्किङ्ग गरि राख्ने र सोहि स्थानबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन थाले संगै नगरपालिकाको लगानी निर्माण भएको बसपार्कमा सवारी चहल पहल पुर्ण रुपमा बन्द भएको स्थानिय हेम के.शी.बताउन्छन् ।
सड्कमा नै सवारीसाधन पाकिङ्ग गरि राख्दा सवारीको चाप संगै दुर्घटनाको सम्भावना समेत बढी हुने भएकोले पार्क बनाईएको स्थानमा नै सवारी पार्किङ्ग गर्दा राम्रो हुने स्थानिय विक्रम केशी बताउन्छन् ।
केशी भन्छन्,– करौडौको लगानीमा बनाईएको बसपार्कबाट सवारी संचालन हुदैनन् तर मुख्य राजमार्गलाई नै नियम विपरित वसपार्क जस्तो बनाउदा समेत स्थानिय सरकार केहि गर्न सक्दैन । उनी थप्छन्– बसपार्कमा नै सवारी साधन संचालन आएमा नगरपालिकाको आयस्तरमा समेत वृद्धि हुन्छ भने मुख्य राजमार्गमा हुने सक्ने सम्भावित दुर्घटना समेत टर्छ तर त्यस तर्फ सम्वन्धीत निकायको ध्यान छैन ।
बसपार्कबाट नै सवारी साधन संचालनमा ल्याउनु पर्ने र मुख्य राजमार्गमा सवारी साधन पाकिङ्ग गर्न नहुने विषयमा स्थानियले पटक पटक सरोकारवालालाई घचघचाए पछि स्थानिय सरकारले स्थानिय सरकार, यातायात व्यवसायी, स्थानिय विचमा त्रिपक्ष छलफल हुदाँ बसपार्कलाई नियमित रुपमा सुचारु गर्ने सहमति भएपनि हाल सम्म सहमती कार्यान्वयन नभएको केशीको आरोप छ । राज्यपुनसंरचना संगै जिल्लाको सदरमुकाम समेत रहेको सिलगढी बजार खण्डहरमा परिणत हुदै गर्दा तल्लोबजार क्षेत्रमा रहेको बसपार्क समेत अस्तीत्व विहिन वन्दा अझै समस्या भएको स्थानियको बुझाई रहेको छ ।